सिरहा । तराई/मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने जातिमध्ये ठाकुर (हजाम) जात पनि एक हो । महोत्तरी जिल्लाको औरही नगरपालिका–४ कविलाशामा दाइजो प्रथालाई चुनौती दिदै नाई सहयोग संस्था नेपालले विना दहेज नदिई आदर्श विवाह गराएको छ ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर–५ शान्तिपुर निवासी स्व. सुनर ठाकुरको छोरा आयुष्मान ः फेकु ठाकुरलाई महोत्तरी जिल्लाको औरही नगरपालिका–४ कविलाशा निवासी सुर्यदेव ठाकुरको छोरी आयुष्मती ः सलोनी ठाकुर संग नाई सहयोग संस्था नेपालले दहेज मुक्त शुभ विवाह गराएको छ ।
नाई सहयोग संस्था नेपालले २१ औं शताब्दीमा समेत १८ औं शताब्दीका कू–साँस्कृति अंगाल्नु गलत भएको भन्दै दाइजो प्रथा अन्त्य गर्न सन्देश दिने उदेश्यका साथ लेनदेन बिनाको विवाह गराएर उदाहरणीय काम गराएका छन् ।
तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने परम उद्देश्य तथा दहेज मुक्त समाज बनाउने सोच राखेका नाई सहयोग संस्था नेपालले दहेज नदिएर यो अभियानको शुरूवात गरेका छन् ।

तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका नेताहरूले आफ्नो छोराको विवाहमा समेत विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजो मागले समाज अक्रान्त बनिरहेको बेलामा नाई सहयोग संस्था नेपालले विना दहेजको आदर्श विवाह गराएर समाजमा सकारात्मक संदेश प्रवाह हुनुका साथै दाइजो प्रथा न्यूनीकरणमा ठोस कदम चलाएको स्थानीयहरुको भनाइ रहेको छ ।
“सब के सहयोग, सब के कल्याण“ नाराको साथ नाई सहयोग संस्था नेपालको स्थापना भएको हो । यस नाई सहयोग संस्था नेपालको संस्थाको परिचय ः– नाई सहयोग संस्था नेपाल वि.सं. २०७९ सालमा स्थापना भएको हो । यो संस्था मिथिला नगरपालिका वडा नम्बर–६ ढल्केवर, धनुषामा केन्द्रिय कार्यालय राखि पिछडिएका र असाहय नाई ठाकुर जातीहरुलाई उत्थानको लागि सहयोग गर्दै आइरहेको छ ।




