सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले एक साता भित्र मिर्चैयाको विभिन्न स्थानबाट ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–२ का १९ वर्षीय विष्णु कुमार साह र मिर्चैया–६ का ३४ वर्षीय शत्रुधन ठाकुर छन् । साहलाई गत सोमबार र ठाकुरलाई बिहीवार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
साहको साथबाट प्रहरीले ४.४३ ग्राम ब्राउन सुगर, ४ हजार ९ सय नेपाली रुपैया, एक थान एन्डरोइड मोवाइल र एक थान डिजिटल तराजु पनि बरामद गरेको छ । ठाकुरको साथबाट भने १५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध लगायतका सामान बरामद भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनीहरूलाई अदालतबाट म्याद थपी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।




