कोकिला भण्डारी, धनकुटा समाचारदाता
धनकुटा । ह्लिचियर वितरण लगायतका विविध कार्यक्रमका साथ नेपाली सेनाद्वारा आयोजित श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटामा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ ।
‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित श्री नं. २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी रामकाजी थापाको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गरी समुद्घाटन भएको सम्मेलनमा भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटालगायत चार जिल्ला बसोबास गर्ने भूतपूर्व सैनिकहरु मध्ये ६१५ जना भू.पू. सैनिक तथा परिवारजनको सहभागीता उक्त सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको अवसर पारेर फरक क्षमता भएका तथा अशक्त भू.पू. सैनिक कालीध्वज गणका भू.पू. सैनिक जमनिर बहादुर वस्नेत, रण भीम गणका सिपाही यज्ञ बहादुर आचार्य, देविदल गणका प्युठ निर बहादु…




