काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ।

प्रसाईंको समूहका कार्यकर्ताहरू अहिले धमाधम भृकुटीमण्डपतिर लम्किरहेका छन्। उनीहरू अधिकांशका हात-हातमा राष्ट्रिय झन्डा बोकेर भृकुटीमण्डपमा जम्मा भइरहेका छन्।

राजा, हिन्दु राष्ट्र र दुर्गा प्रसाईको पक्षमा नारा लगाउँदै उनीहरू कार्यक्रमस्थलमा धमाधम जम्मा भइरहेका छन्।

उपत्यका विभिन्न ७ रुटबाट उनीहरूलाई भृकुटीमण्डप पुर्‍याइँदैछ। दुर्गाको कार्यक्रम हुने भएपछि काठमाडौँमा सुरक्षा कडा पारिएको छ।

यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकारले यस पटक सुरक्षा कडा बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय