सिरहा । सिरहा नगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयहरूलाई कक्षा ८ को परीक्षा शुल्क नलिन निर्देशन दिएको छ ।
अगामी चैत ५ गतेदेखि कक्षा ८ को आधारभूत तहको अन्तिम परीक्षा सञ्चालन हुँने छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षा सम्बन्धी अधिकार अन्तर्गत विद्यार्थीबीच समान पहुँच पु¥याउने उद्देश्यले सामुदायिक र निजी विद्यालयको परीक्षा व्यवस्थापन र सञ्चालन खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएकाछन् ।
नगरपालिकाले यस वर्षदेखि नगर क्षेत्रका कुनै पनि विद्यालयलाई कक्षा ८ को परीक्षाबापत शुल्क नलिन निर्देशन गरेको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
यस्तै परीक्षामा आवेदन फारम, प्रश्नपत्र, उत्तरपुस्तिका र र्मकसिट लगायत परीक्षासँग सम्बन्धित अन्य कागजातहरु समेत पालिकाबाट उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।