सप्तरी । हिमालयन लघुवित्त वित्तीयको शाखा कार्यालय खरचुहिया, सप्तरीबाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी सदस्य धनो देवी खत्वीनी को श्रीमान स्व. राम लाल खङ्ग खत्वे को मृत्यू पश्चात निज सदस्य धनो देवी खत्वीनी लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सप्तरी जिल्ला खडक नगरपालीका वडा नं. ५ रन्जीतपुर टोलमा रहेको केन्द्र नं.७० कि सदस्य धनो देवी खत्वेनी ले यस संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु ३१ हजार रुपैंयाँ गरि १ लाख ५१ हजार भुक्तानी गरिएको हो जस मध्ये तिर्न बाकीरहेको ऋण रकम रु ७५ हजार छ सय पचिस रुपैया कट्टागरी बिमाङ्कन रकम को बाकिरकम रु ७५ हजार ३ सय ७५ रुपैया नगद हस्तानानतरण गरीएको छ ।

निज सदस्यको घरमै पुगि अनुगमन कार्यालय झुम्का का प्रमुख होम बहादुर धमला र उक्त केन्द्रका केन्द्र प्रमुखको अध्यक्षतामा चेक हस्तान्तरण गरीएको संस्थाका शाखा प्रबन्धक महेश प्रसाद चौधरी ले जानकारी गराएका छन् । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनरुप विभिन्न कार्यक्रम को माध्यम द्धारा ऋण बिमा,बाली बिमा,पशु बिमा लगायत निक्षेप,क्रेडिट ग्यारेन्टी कोषको माध्यमद्धारा पनि ग्राहक संरक्षण गर्ने र सुतकेरी हरुलाई सुतकेरी स्याहार र बाल पोषण भत्ता को पनि व्यवस्था समेत रहेका छन् ।

संस्थाले दुःखको समयमा सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई आभार व्यक्त गरेका छन् ।
रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी,केन्द्रका संचालक निर्मला कुमारी चौधरी र अनुगमन कार्यालय बाट अनुगमन अधिकृत होम बहादुर धमला को समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!