सिरहा । भारतमा उत्पादन भएका सुर्तीजन्य वस्तु खुलेआम नेपाली बजारमा बिक्री वितरण हुने गरेको छ ।
सुर्तीजन्य पदार्थ आयातमा रोक लगाइएका कारण त्यसको भन्सार नकाटिने भएपनि सुरक्षाकर्मीकै मिलोमतोमा तस्करहरुले ल्याउने सुर्तीजन्य पदार्थ सिरहा जिल्लाका सबै बजारमा पुग्ने गरेको छ ।
खुल्ला सीमाका कारण सिरहा जिल्लाका विभिन्न नाका हुदै सुर्तीजन्य पदार्थहरु सिरहा भित्रने गरेको छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सुर्तीजन्य पदार्थ सिरहा जिल्लाका बजारमा आउने गरेको सम्बन्धित व्यापारीहरुको भनाइ रहेको छ ।
भारतको बिहारबाट लुकीछिपी प्रहरी प्रशासनकै मिलोमतोमा रजनीगन्धा, राजनिवास, तुलसी लगायतका सुर्तीजन्य पदार्थ सिरहा जिल्लाका विभिन्न स्थानसम्म पुग्ने गरेको छ । रजनीगन्धा तुलसी, पान मसला र भारतीय सुर्ती प्रहरी प्रशासनकै सेटिङमा सिरहाको विभिन्न नाका भएर छिर्ने गरेको छ । क्यारियर मार्फत व्यापारीहरुले यसरी अवैध रुपमा आयात गरिएको सुर्तीजन्य पदार्थ सिरहाका सबैजसो मुख्य बाजारहरुमा पुग्ने गरेको छ ।
सिरहा जिल्लाको विभिन्न नाका हुदै अवैध रुपमा ल्याएको रजनीगन्धा, राजनिवास भन्दा तुलसी तथा पान मसलाहरु सिरहा हुदै काठमाडौं, नारायणघाट, पोखरा र हेटौंडा सम्म पुग्ने गरेको छ । नेपाल सरकारको भारतबाट सुर्तीजन्य पदार्थ आयातमा रोक लगाएपछि त्यसको भन्सार काट्ने सिस्टम नभएका कारण व्यापारीहरुले लुकीछिपी यसको व्यापार गर्दै आएको छ ।
सिरहा सहित मधेश प्रदेश र देशकै विभिन्न स्थानमा बिक्री वितरण हुने रजनीगन्धा, राजनिवास तुलसी र पान मसला भारतबाट अवैध रुपमा आयात हुने गरेको छ । पान मसला र सुर्तीजन्य पदार्थको भन्सार नकाटिने भएपछि व्यापारीहरुले सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मिलाएर सीमापार गराउदै यसको व्यापार व्यवसाय गर्दै आएका छन् ।
सिरहा प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेका विभिन्न सामानहरु बरामद गरेर सार्वजनिक गर्ने गरेको भएपनि सुर्तीजन्य पदार्थ अहिलेसम्म बरामद गरेको सार्वजनिक नगर्नुले पनि शंका उत्पन्न भएको सिरहाका स्थानीय अगुवाको भनाइ रहेको छ । यसका औलावा भारतबाट अवैध रुपमा पानमा हालिने मसला र पानको पता समेत प्रहरी प्रशासनकै सेटिङमा तस्करी भइरहेको छ । सिरहा भन्सार, ठाढी भन्सार बाहेकका अन्य छोटी भन्सार बरियारपट्टी हुदै खैनी समेत सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा सिरहा छिर्ने गरेको सामाचार श्रोतले बताएको छ । सिरहा सहित मधेश प्रदेशका जिल्लामा बिक्री वितरण हुने कालो खैनी समेत अवैध बाटो भएर नेपाल छिर्ने गरेको छ ।
आम सर्वसाधारणको स्वास्थ्यमा असर गर्ने रजनीगन्धा, राजनिवास तुलसी लगायतका सुर्तीजन्य पदार्थमा प्रहरी प्रशासनकै मिलोमतोमा सिरहाका विभिन्न नाका भएर छिर्ने गरेको स्थानीय व्यापारीहरुको भनाई रहेको छ ।
मधेश प्रदेशका हरेक किराना पसल, पान पसलको बाहिर झुण्ड्याएर राखिएका यस्ता गुट्खाजन्य पदार्थहरु नेपाल भित्रर्याउन नेपाल सरकाले प्रतिबन्ध लगाएको भएपनि खुलेआम रुपमा नेपाल आउने यस्ता वस्तुको बिक्री वितरण हुने गरेको छ ।