सिरहा । सनातन हिन्दू परिषद् नेपालले भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटनका दिन माघ ८ गते सिराहा जिल्लाका सम्पूर्ण माछा, मासु, रक्सी पसल बन्द गर्न आग्रह गरेकाे छ ।

No description available.

सनातन हिन्दू परिषद् नेपाल, अध्यक्ष मनिष कुमार यादवकाे नेतृत्वकाे धर्मेन्द्र यादव, समुहले सिरहाका प्रमुख जिल्ला अधिकारी राजिन्दर देव पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो आग्रह गरेकाे हाे l

पाँच सय वर्षपछि निर्माण भएकाे राम मन्दिरको निर्माणले विश्वकै सम्पूर्ण हिन्दूहरूको अस्थाको विषय रहेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

No description available.

ज्ञापन पत्र मार्फत त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर जस्तै सजावट गर्ने, नगर परिक्रमा गर्न शोभा यात्रा निकाल्ने, साँझ हरेक मन्दिरमा भव्य दिपोत्सव बाल्ने, ठाउँ ठाउँमा महा आरती गर्न लागिएकाे सनातन हिन्दू परिषद् नेपालले जनाएकाे छ ।

यसका साथै त्यस दिन रातीमा हरेक ठाउँ ठाउँमा झाँकी कार्यक्रम राखिएकाेले हिन्दूहरूको अस्थालाई मध्य नजर राखी सिरहा जिल्लामा रहेको सम्पूर्ण मासु, माछा, रक्सी पसल र मांसाहारी होटल बन्द गराई दिन सनातन हिन्दू परिषद् नेपालले ज्ञापन पत्र मार्फत आग्रह गरेकाे हाे ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय