सिरहा । जनवरी २२ तारेख अर्थात माघ ८ मा राम जन्मभुमि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठानको अवसरमा सिरहा नगरपालिका–२० सिकाज्योतीस्थित विविध कार्यक्रम हुन लागेका छन् ।
सिकाज्योती तथा त्यस छरछिमेक गाउँलेहरुको सहयोग र समन्वयमा हुन लागेको उक्त विविध कार्यक्रमबारे पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् |

भारतको अयोध्यामा गरिए जस्तै सिकाज्योतीमा विविध कार्यक्रम गरिने महन्थ रामविहारी दासजी (उरिया बाबा) ले बताए ।
उनका अनुसार ०८० माघ ७ मा रामजानकी विग्रह प्राण प्रतिष्ठान/मूर्ति स्थापना, पाँच हवन कुण्ड, ८ मा रामचरित्र मानस पाठ एवं प्रवचन तथा नवाह शुभारम्भ, १० मा रामानन्द स्वामी जी जयन्ती पुजन, १९ अष्टजाम, २० मा मण्डली भण्डारा, २१ मा समापन गरिने छन् ।

 

धार्मिक, साँस्कृतिक, खेलकूद,शैक्षिक गतिविधि, आयआर्जनका कार्यक्रम तथा अन्य रचनात्मक कार्यक्रमहरुमा सिरहा नगरपालिकाको सहयोग रह्ने मेयर डा.नविन कुमार यादवले बताए । यस्ता धार्मिक अनुष्ठान तथा रचनात्मक कार्यले सामाजिकतालाई मजबुत बनाई सामूहिक विकास निर्माण तथा व्यवस्थापकीय कार्य गर्नमा सहजाता प्रदान हुने गरेको उनले दाबी गरे । उनका अनुसार सिरहा नगरपालिका क्षेत्रभित्र हुने अन्य वडामा समेत यसरी नै सक्दो सहयोग गरिने छन् ।

साढे क्युन्टल फुलले दुल्हनियाँ मन्दिर सजाउने, घ्यूले बनेको १ क्युन्टल २५ किलो लडु राखिने, राशलिला, प्रवचन तथा बालबालिकाहरुको मनोरंजनका लागि विभिन्न खाले झुलासँगै खेलौनाहरुको व्यवस्थापन गरिएको समाजसेवी युवा ईन्जिनियर बलरामबाबु यादवले बताए । धार्मिक र साँस्कृतिक पक्षको विभिन्न दृष्टिकोणबाट उठान तथा सजावट गर्दै महायज्ञको स्वरुप दिन लागीरहेको उनले दाबी गरेका छन् ।

यज्ञ स्थल छेउछाउ तथा गाउँ टोलमा समेत माछा, मासु, रक्सी तथा अन्य नषालु पदार्थको सेवन एवम् विक्रि वितरणमा पूर्ण रोक लगाइएको उनको दाबी गरेका छन् । दुर्गम तथा पहिचानको दृष्टिले पछि परेको सिकाज्योतीको पहिचानमा मजबुति ल्याउन युवाहरुको समन्वय तथा सबैको सहयोगमा महान धार्मिक कार्य हुन लागेको उनले प्रष्ट पारे ।

यस महायज्ञमा सिरहा नगरपालिकाको प्रमुख सहयोग रहेको उनले बताए । उनका अनुसार यज्ञ स्थल सरसफाई, माटो पुर्ने कार्य तथा अन्य व्यवस्थापन कार्यमा सिरहा नगरपालिकाको सहयोग रहेको उनले प्रष्ट पारे । यस्ता धार्मिक कार्यले सामाजिकता, मानवियता तथा एकतालाई मजबुति बनाउने सन्दर्भमा दिगो फाइदा पु¥याउने उनले दाबी गरे ।

यस धार्मिक कार्यक्रममा सिकाज्योती, लगाडी गदियानी, जोगिया, कट्टी, लगडि गोठ, लक्ष्मीनियाँ लगायत अन्य विभिन्न गाउँ तथा बस्तीका बासिन्दाहरुको सहयोग रहेको उनले बताए । सबै गाउँका अगुवा, नेतृत्वकर्ता, वडाध्यक्षहरु, युवाहरु, समाजसेवीहरु निस्वार्थ रुपमाले काम गर्दै आएको उनले प्रष्ट पारे । सबैको आर्थिक, भौतिक तथा नैतिक सहयोगले सबै काम सफल हुँदै आएको उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!