सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–९ का वडा अध्यक्ष मो.मस्तकिम सहितका व्यक्ति पिकनिक खान जाँदा उनिहरुमाथि कुटपिट भएको छ ।
अंग्रेजि नयाँ वर्ष २०२४ को अवसरमा सोमबार पिकनिक खान गएको र दुई समुह बीच कुटपिट हुँदा झगडा छोडाउने क्रम्मा कर्जन्हा प्रहरी चौकीका ईन्चार्ज प्र.स.नी.सुधिर कुमार साह माथि समेत कुटपिट भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख जितेन्द्र वस्नेतले जानकारी दिए ।

पिकनिक खाने क्रममा झग्डा भएको खबर आउदा प्रहरी घटना स्थलमा गएको र वडा अध्यक्ष मस्तकिमलाई कुटपिट गर्दै ढुंगा लिएर टाउकोमा हान्न खोज्दा बचाउने क्रममा प्रहरीको आँखाको माथिल्लोभाग फुटाएको र अत्यधिक रगत समेत बगेकाले आवश्यक अनुसन्धान गरि दोषी उपर मुद्दा चलाउने वस्नेतले जानकारी दिए ।
कर्जन्हा नगरपालिका–६ स्थित रहेको कमला नदीको किनारमा वडा अध्यक्ष मस्तकिम सहितका व्यक्ति पिकनिक खाना जाँदा धनुषा तर्फका एक समुह वडा अध्यक्षलाई कुटपिट गर्न खोज्दा दुई समुह बीच करिब आधा घण्टा भन्दा अधिक समय फाइटिङ्ग भएको थियो ।

सोही झगडामा परेर कर्जन्हा नगरपालिकाका ६ जना भन्दा अधिक घाइते भएका छन् । कर्जन्हा नगरपालिका–६ बस्ने ४२ वर्षीय मनोज महतो, ४५ वर्षीय मनिकलाल महतो, ४५ वर्षीय उमेश महतो, २२ वर्षीय मनिष महतो र रौतहट जिल्ला राजपुर नगरपालिका–२ बस्ने ४३ वर्षीय ओजिर मियाँलाई कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका सबैको कर्जन्हा स्थित रहेको फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

सोही घट्नामा संलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने धनुषा जिल्ला गणेशमानचारनाथ नगरपालिका–९ वस्ने योगेन्द्र प्रसाद यादवको छोरा ३० वर्षीय नविन कुमार यादव रहेको र यस घट्ना सम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय