सिरहा । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सिरहामा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनायाे ।
नेपालमा भने यस वर्षको नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानी ऐक्यबद्धता रहेको छ । मधेश प्रदेश युवा संजालको आयोजना र सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा १६ दिने अभियान सम्पन्न भएको छ । २५ नोभेम्बर बाट सुरु भएको कार्यक्रममा प्रत्येक दिन विभिन्न कार्यक्रम गरेर मनाएकाे छ । त्यसैगरी कार्यक्रमहरुमा र्याली तथा शुभारम्भ सिरहा नगरपालिका, र्याली तथा सडक नाटक लहान नगरपालिका, र्याली तथा हस्ताक्षर संकलन नरहा गाउँपालिका, र्याली तथा हस्ताक्षर संकलन धनुषाकाे बतेश्वर गाउँपालिका, युवाहरूलाई सेताे रिवन लगाउने कार्यक्रम लालगद, र्याली तथा अन्तरक्रिया कार्यक्रम सिरहा नगरपालिका १०, ११ र १२ वडाहरु, नाटक प्रदर्शन कार्यक्रम सखुवानन्कार्कट्टि गाउँपालिका, र्याली तथा संवाद कार्यक्रम भगवानपुर गाउँपालिका, मानव अधिकारकाे अवस्था, चुनाैती र समाधानका उपाय विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम लहान नगरपालिकाले गरेका छन् भन्ने मधेश प्रदेश युवा संजालका अध्यक्ष माे. नइम राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!