संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले कर्मचारी प्रशासन महाशाखा प्रमुख सुमन दाहालको सरुवा गरेकी छन् ।

उनको ठाउँमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुख रामकुमार महतोलाई ल्याइएको छ ।

सहसचिव दाहाललाई भने संघीय मामिला महाशाखामा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगमा रहेका सहसचिव दाहाललाई मन्त्री साहले नै सरुवा गरेर आफ्नो मन्त्रालयमा ल्याएकी थिइन् ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका डा. सीके राउतका दाइ जयकान्त राउतको सिफारिशमा दाहाललाई मन्त्रालयमा ल्याइएको थियो ।

तर आइतवार उनको सरुवा गरेर मधेशमा प्रमुख जिल्ला अधिकारीसमेत भइसकेका महतोलाई ल्याइएको छ ।

दाहाल झापा र महतो धनुषाका हुन् । मन्त्री साह पनि धनुषाकै हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!