पर्यटक भित्राउन आएको ईसिमोड सहितको टोलिलाई धनकुटा नगरमा भब्य स्वागत धनकुटा समाचारदाता धनकुटा, १४ गते । पर्यटक भित्राउन धनकुटा आएको ईसिमोड सहितको टोलीलाई धनकुटा नगरपालिकामा भब्य स्वागत गरिएको छ । धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्ग, उपप्रमुख भिमा खनाल, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेललगायतले धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारकालागि धनकुटा नगरपालिका आईपुग्नु भएका १५ सदस्यीय पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको टोलीलाई धनकुटामा सयपत्रि फुलको मालाले स्वागत गरेको हो । उक्त पहिचानकालागि टाेिलमा धनकुटा नगरपालिका, हुसाडेक नेपाल, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क र स्मार्ट पानी रहेका छन् । उहाँहरूलाई आठपहरीया राई को चाड वाडाङ्गमिको अवसर पारेर पर्यटन प्रवर्द्धनका लागि धनकुटा ल्याइएको धनकुटा नगरपालिकाका नगर प्रमुख तामाङ्गले बताउनु भयो । सवैले आ–आफ्नो स्तरबाट धनकुटाको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन नगर प्रमुख तामाङले सबैमा आग्रह गर्दै धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयो । सोहि टोलिका पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र र धेरै कुराको सम्भावना होमस्टे, जलाधार क्षेत्र, आठपहरीयाको जन्मथलोका रूपमा रहेको धनकुटा नगरमा आठपहरीया जातिको भेषभुसा, संस्कृति अन्य जिल्लामा नभएकोले यहाँको पर्यटन प्रवर्द्धनमा आठपहरीयाको पनि महत्वपुर्ण भुमिका रहने भन्दै सम्भावना देखिएकाले धनकुटा नगरमा आईपुगेको बताउनु भयो । उक्त टोलिमा देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड समेत सहभागि रहनुभएको छ । उहाँहरू पाँचदिनसम्म धनकुटामा रहने तालिकामा उल्लेख छ । सो अवसरमा यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति, पानीको मुहान, सम्भावना लगायतको अवलोकन गरि प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धधनमा महत्वपुर्ण भुमिका खेल्ने लामाको भनाई छ । धनकुटामा पर्यटक भित्रदा नगरमा चौतर्फी विकास हुने भन्दै होमस्टे सञ्चालकमा खुसि छाएको छ । बुधबार स्वागत पश्चात, विभिन्न जातजातीको संस्कृति रहनशहन झल्कने प्रदेश संग्रहालय, महेन्द्र पार्क, सरस्वती पार्क, कुवा, नमस्ते झरना लगायतको अध्ययन अवलोकन गरेको र विहिबार ध्वजे डाडा, चुम्लुङ्ग पार्कलगायतका पर्यटकीय क्षेत्रमा अवलोकन गरिने हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!