सिरहा र धनुषा जोडने हुलाकी राजमार्ग अन्तर्गतको भासिएको कमला पूलबाट एक युवक मोटरसाईक सहित खस्दा गम्भिर घाईते भएका छन् ।

मंगलवार अपरान्ह धनुषाबाट सिरहा आउने क्रममा भासिएको कमला पूलबाट मोटरसाईकल पार गर्न खोज्दा मोटरसाईकल सहित खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । सो क्रममा उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा सिरहा नगरपालिका वडा नम्बर १० नरहैया बस्ने लाटे कामतिका छोरा वर्ष ३५ को सुरेन्द्र कामति रहेका छन । धनुषा बाट सिरहा आउने क्रममा कमलाको भासिएको कमला पुलमा अचानक लडेर घाईते भएका छन ।

घाईते कामतीको प्रादेशिक अस्पताल सिरहामा उपचार गराई थप उपचारको लागि विराटनगर रिफर गरिएको सिरहा नगर प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!