सिरहा । पूर्वपश्चिम राजमार्गको चोहर्वा चौकदेखि सदरमुकाम सिरहा हुँदै सीमावर्ती चन्द्रगंञ्ज माडर बजार भएर सीमावर्ती लचकाटोलसम्म करिब २७ किलोमीटर सडक छ । भारतबाट पूर्वपश्चिम राजमार्ग जोड्न अहिले ‘एनएच–२०’ नाम दिएर सडक स्तोरोन्नतीको केही काम सुरु भएको छ । जस अन्र्तगत पहिलो चरणमा सहिद राजेश ठाकुर पार्कदेखि बहिरा विद्यालयसम्म करिब अढाई किलो सडक निर्माणको काम भईरहेको छ ।

सिरहाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठ र सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले भारतबाट पूर्वपश्चिम राजमार्ग जोड्न एनएच–२० फोरलेन सडकको स्थलगत अनुगमन गरेका हुन् ।
सो अवसरमा सांसद श्रेष्ठ र सिरहाका मेयर डा. यादवले एनएच–२० फोरलेन सडकको लागि थप बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । स्थानीयहरु सँग पनि समस्याको विषयमा छलफल गरेको अनुगमनमा सहभागी सिरहाका मेयर डा. यादवले बताए ।
सांसद श्रेष्ठले आफूले चुनावको समयमा गरेका प्रतिबद्धता नभुलेको बताए । उनले भने, ‘यो ठाउँको विकास गर्नु जनताको जिवनस्तर उकास्नु हाम्रो काम हो । नागरिकलाई दिएको वचन कहिल्यै पनि निराशामा परिणत हुन दिने छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!