सिरहा । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान सिरहा नगरपालिकामा शनिवारदेखि सुरु भएको छ । महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनाइन लागिएको हो ।


नेपालमा भने यस वर्षको नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानी ऐक्यबद्धता रहेको छ । सिरहा नगरपालिकाको आयोजना र सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा १६ दिने अभियान शुभारम्भ भएको छ ।
सिरहा नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख जीवन कुमारी मगरको अध्यक्षतामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब, जिल्ला समन्वय समिति सदस्य गिता कुमारी पासमान, जिल्ला प्रहरी कार्यालय सिरहाका नायव उपरीक्षक रवीन्द्र राज पाण्डे, प्रदेश युवा संजाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईन, असमान नेपालका पैरवी अधिकृत बसुन्धारा साह लगायत समाजसेवी पत्रकार, संघ-संस्थाका प्रतिनिधि,बिद्यार्थी र स्थानीय बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।

सहिद राजेश ठाकुर पार्क देखी सुरु भएको प्रभातफेरी सिरहा नगरपालिकाको सभाहलमा कोण सभा तथा सडक नाटक प्रस्तुत गरि समापन भएको थियो । कोणसभालाई प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब र सरोकारवाला तथा अधिकारकर्मीले सम्बोधन गरेका थिए ।

https://www.facebook.com/ApanDainik/videos/363895462667377
https://www.facebook.com/ApanDainik/videos/1007790006998217
https://www.facebook.com/ApanDainik/videos/3553864611609091



