अमरेन्द्र कुमार यादव

जनकपुरधाम । इजरायलमा चरमपन्थी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको शव उनको घर लगिएको छ ।

नेपाली सेनाको विशेष विमानबाट उनको शव शनिबार अपराह्न ४ बजेर ३० मा जनकपुरधाम विमानस्थलमा आइपुगेको थियो ।  विमानस्थल नेपाली सेनाकै टोलीले स्कर्टिङ गरेर आनन्दको शवलाई उनको घर सपही लगेको हो । शव सपही पुग्दा गाउँ भावविह्वल बनेको थियो ।

उनको शवलाई आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ । हिजै शव आइपुग्ने तय भए पनि केही कारणवश आज बिहानै ९ आउने भनिएको थियो । तर जाजरकोटमा गएको भूकम्पमा नेपाली सेनाको टोली उद्धारमा खटिदा उनको शव आउन ढिलाइ भएको थियो । आज बिहान शव नआउँदा स्थानीयहरूले प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय