दशैंमा हात रित्तै हुुँदा दिपावलीमा पनि हात रितै हुने आशंकामा जेष्ठ नागरिक

सिरहा । दशैंमा रितो हात रहेका सिरहाका जेष्ठ नागरिकहरु दिपावलीमा पनि रित्तै त बन्नु पर्दैन भन्ने आशंका छन् ।
सिरहा जिल्लाका स्थानीय तहहरुले जेष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षाको रकम अझैं वितरण गर्न नसक्दा उनीहरु आंशकावीच प्रतिक्षामा बसेका छन् । सिरहा जिल्लाका १७ वटै स्थानीय समाजिक सुरक्षा अन्र्तगतको रकम वितरण गर्न सकेको छैन् । चालू आर्थिक वर्ष २०८०/०८१ को चौथों महिना वित्दै गर्दा पालिकाहरु राज्यले प्रदान गर्दै आएको सुविधा समयमै वितरण गर्नुबाट चुकेको छ ।

कुन पालिकामा कस्तो अवस्था ?
सिरहाको लक्ष्मीपुर गाउँपालिकाले अझैं कागजात तयारीको प्रकृयामा छ । नरहा र अर्नमा गाउँपालिकाले दशै भन्दा पहिला समाजिक सुरक्षाको रकम वितरण गर्ने जिम्मेवारी लिएको बैंकमा पठाईसकेपछि बैंकले वितरण गर्न सकेको छैन् । बिष्णुपुर गाउँपालिकाको गाउँसभा हुन नसक्दा कर्मचारीको तलब भक्तासँगै सामाजिक सुरक्षाको रकम वितरण हुन सकेको छैन् । सखुवानन्नकारकट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, नवराजपुर गाउँपालिका अझैं प्रकृयामै रहेको छ । बरियारपट्टी गाउँपालिकाको खाता अपडेट नभएकोले सामाजिक सुरक्षाको रकमसँगै अन्य कामहरु रोकिन पुुगेको छ । औरही गाउँपालिकामा कर्मचारीलाई तलब खुवाएपनि सामाजिक सुरक्षा सहितका अन्य काम हुन सकेको छैन् ।

यस्तै सुखिपुर नगरपालिकाले दशै विदा भन्दा पहिला बैंकमा चेक पठाईसकेपनि सामाजिक सुरक्षाको रकम नागरिकलाई वितरण गरिएको छैन् । सिरहा नगरपालिकाले सामाजिक सुरक्षाको रकम वितरणको जिम्मेवारी लिएका बैंकमा चेक पठाउन नसक्दा रकम वितरण हुन सकेको छैन् । कल्याणपुर नगरपालिकामा विवाद हुँदा नगर सभा हुन नसक्दा सामाजिक सुरक्षाको रकम वितरण हुन सकेको छैन् । लहान नगरपालिकाले अझैं प्रकृयामै रहेको छ । धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका अझैं प्रकृयामा रहेको कारणले सामाजिक सुरक्षाको रकम नागरिकले पाउन सकेको छैन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा बित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला भएको छ । ‘मेरो त दशैं खर्च नै त्यहि भत्ता हो तर आएन’ सिरहा नगरपालिका वडा नं. ११ का ८० वर्षीय सोनेलाल कामतीले भने,‘‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैं हात खाली हुन्छ । दिपवालीमा पनि हात खाली हुन्छ कि ?’ अहिले आफूूनो औषधी उपचारदेखि दैनिक उपभोग्य सामग्री सोही रकमबाट जोहो गर्दै आएको भन्दै कामतीले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई हुनु यातना दिनु सरह भएको दुुखेसो पोखे ।

‘हामीले बैंकको खातामा पठाईसकेका छौं, बैंकले पु¥याउँदै होला’ नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार जोशीले भने । जिल्लाको अर्नमा गाउँपालिका, नरहा गाउँपालिकाले केही दिन पहिला मात्रै बैंकमा पैसा पठाएको छ । दशैं बिदा हुन दुइ दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीनै बताउँछन् । अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

नगरपालिकाले पनि सामाजिक सुरक्षा भक्ता बाँडेको छैन् । भत्ताको आशामा लक्षित वर्ग बैंकमा धाएपनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भएपनि भक्ता बाढ्ने बैंकले आश्वासन दिने गरेका छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय, सिरहाले सिरहा जिल्लाको १७ वटै पालिका मध्ये हाल अर्नमा गाउँपालिका र सुखिपुर नगरपालिकाले मात्रै सामाजिक सुरक्षा भत्ताको माग गरेको यि दुई पालिकाको रकम पठाइसके छ भने अन्य १५ पालिकाले भुक्तानी माग नगरेकोले हाल सम्म रकम नपठाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!