सिरहा । भारतीय सीमाक्षेत्र खैरटोकादेखि पूर्वपश्चिम राजमार्ग जोड्न निर्माण हुँदै गरेको एनएच–२० को पहिलो चरणको काम नै गुणस्तरहीन भईरहेको छ । पहिलो चरण अन्र्तगत सदरमुकाम सिरहाको सहिद राजेश ठाकुर पार्कदेखि बहिरा संघ सिरहासम्म करिब अढाई किलोमीटर सडक निर्माण भईरहेको छ । चार लेनको सडक निर्माण कार्यमा गुणस्तरहीन निर्माण भईरहेको छ ।

सडक चार लेनको आसफाल्ड निर्माण गर्नुपर्ने भएपनि त्यसमा प्रयोग गर्ने सामग्री पनि स्टीमेड विपरीतको रहेको जानकारहरु बताउँछन् । प्रति किलोमीटर १० करोड हाराहारीमा निर्माण थालिएको यो सडकमा आसफाल्ड कमजोर र गुणस्तरहीन निर्माण भईरहेको एक जना प्राविधिकले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । जुन स्तरको क्रंकिट प्रयोग गर्नुपर्ने हो, त्यस विपरीतको प्रयोग गरिएको, सरफेस राम्रोसँग नबनाउँदा सडकको सतह नमिलेको उनले बताए ।

करिब १० करोडको लागतमा प्रति किलोमीटर सडक निर्माण गर्ने क्रममा एनएच–२० भन्दा हुलाकी सडक राम्रो र लेवल पनि मिलेको गुणस्तरीय रहेको ती प्राविधिकले बताएका छन् । एनएच–२० सडक निर्माणकै लागि सिरहा सदरमुकामदेखि माडरसम्म सडक क्षेत्रमा रहेको घरहरु भत्काउँदा २ अर्ब वढीको क्षति भएको छ । राम्रो, गुणस्तरी सडक निर्माण हुने अपेक्षा भएपनि काम गुणस्तरहीन भईरहेको स्थानीय नागरिक अगुवा शम्भू साहले बताएका छन् । सडकको पुथपाट, डिभाईडर, कालोपत्रे हरेक क्षेत्रमा निमार्ण कम्पनीले गम्भीर लापरबाही गरिरहँदा पनि निमायक निकायको रुपमा रहेको सडक डिभिजन कार्यालय लहान मौन बसेको छ । जसले गर्दा यस सडकमा निर्माण कम्पनीको मनमौजी चलेको छ । सडक निर्माण गुणस्तरहीन भएको विषयमा निर्माण कम्पनी ओम साईराम कन्ट्रक्शनका प्रतिनिधिलाई निर्माणस्थलमा सम्पर्क गर्न खोज्दा बोल्न चाहेनन् ।

सडक डिभिजन कार्यालय लहानको सुपरिवेक्षणमा निर्माण भईरहेको यस सडक निर्माणको सम्झौता ओम साईराम कन्स्ट्रक्शन सातदोवाटोेसँगँ २४ करोड ९८ लाख ७१ हजार ५२१ रुपैयाँमा भएको छ ।
चारलेनको आसफाल्ट, एक्स–डे«नेज, ड्रेन, पुथपाट र सडक सुरक्षा लगायतको निर्माण कार्य गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!