सिरहा । धनुषा जिल्लाकी २२ बर्षिया आरती साहको रहस्यमय मृत्युबारे न्यायिक छानविन समिति गठन गरी दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदेश युवा संजालले जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

पिडित परिवारको तर्फबाट अघि सारिएका आठ सुत्रिय मागप्रति समर्थन जनाउदै प्रदेश युवा संजालका अध्यक्ष मो.नईम राईनद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र गृह मन्त्रालयलाई बुझाइएको हो । पिडित परिवारले गएको असार १ देखि हालसम्म उक्त मागहरु अघि सार्दै २४ घण्टे धर्नामा बस्दै आएको उल्लेख गरिएको छ ।

आरती साहको मृत्यु प्रकरणलाई न्यायिक छानविन समिति गठन गरी विषेश अनुसन्धान, पिडित पक्षलाई कुटपिट गर्ने प्रहरी अधिकारीमाथि कडा कारवाही, त्रुटिपूर्ण पोष्टमार्टमबारे विषेश जाँच गरी दोषीमाथि कारवाही, जिल्ला न्याधिवक्ता धर्म अवतार कोइराला र सहायक जिल्ला न्यायधिवक्ता अजित कर्णको भुमिकाबारे छानविन गरी पाउँ, गर्भवति सम्बन्धी त्रुटिपूर्ण पक्षबारे विषेश जाँच गरी वास्तवित प्रतिवेदन पाउँ, पिडित परिवार र आरतीकी मामा सन्तोष साहको परिवारका सदस्यलाई विषेश सरक्षाको प्रबन्ध गर्नुपर्ने लगायत आठ सुत्रिय माग अघि सारिएको ज्ञापन पत्रमा उल्लेख छन् ।

पिडित परिवारले अघि सारेका मागहरु अवको सात दिन भित्र पूरा नगरिए सशक्त रुपमा चरणबद्ध तरिकाले आन्दोलन गर्न बाध्य हुने र सोमा हुने सम्पूर्ण नोक्सानीको जिम्मेवार नेपाल सरकार हुने प्रदेश युवा संजालका अध्यक्ष मो.नईम राईनले बताए ।

‘पिडित परिवारले न्याय प्राप्तीको आचना गर्दै धर्नामा बसेको झण्डै पाँच महिना भइसक्दा पनि सम्बन्धित निकाय राम्रोसँग चासो नदिनु दुःखद पक्ष छ,’प्रदेश युवा संजालका अध्यक्ष राईनले भने,‘आरती साहका परिवारलाई न्याय दिलाउन प्रभावकारी पहल गर्नका लागि म राष्ट्रिय मानव अधिकार, महिला आयोग तथा महिला अधिकारकर्मीहरुलाई विषेश अनुरोध गर्दछु ।’ उनका अनुसार पिडित परिवारलाई न्याय दिन अव आलटाल गरे युवाहरुले आन्दोलनको आँधीबेरी ल्याउने र सोमा हुने सम्पूर्ण नोक्सानीको जिम्मा राज्य पक्षलाई लिनुपर्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!