सिरहा । सिरहा प्रहरीले भन्सार छली गरी ल्याउदै गरेको १४ पोका कपडा सहित गाडी र चालक पक्राउ गरको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट बिशेष सुचना तथा निर्देशनमा ईलाका प्रहरी कार्यालय धनगढीले उक्त परिमाणको कपडा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ ।

ईलाका प्रहरी कार्यालय धनगढीको अगाडीबाट पश्चिम तर्फ आउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयको बिशेष सुचनाको अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

अबैध रुपमा भन्सार छली गरी ल्याउदै गरेको विशेष सुचनाको अधारमा ज. १ च. १९३० नम्वरको गाडी सहित १४ पोका कपडा सहित एक जना चालकलाई पक्राउ गरेको छ ।

सो सम्वन्धि आवश्यक अनुसन्धान भई रहेको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!