कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् ।

रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ ।

बीबीसीका अनुसार हमासले मानवीय र स्वास्थ्यका कारण उनीहरुलाई रिहा गरिएको बताएको छ ।

इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ ।

इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।

७ अक्टोबरमा १४०० भन्दा बढीको ज्यान जाने गरी इजरायलमा आक्रमण गरेको हमासले दक्षिणी क्षेत्रबाट २०० भन्दा बढी मानिसलाई बन्धक समेत बनाएको थियो । उनीहरुमध्ये दुई अमेरिकी नागरिकलाई केही दिन पहिले हमासले रिहा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!