सिरहा । सिरहाको बेल्हामा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा हजार बढीले उपचार गराएका छन् ।
सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा रहेको विष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालयमा राजाराम रामरती मेमोरियल ट्रष्ट नेपालको आयोजना बृहत स्वास्थ्य शिविर आयोजना गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा नशा सम्बन्धी रोग, हाडजोर्नी, स्त्री तथा प्रसुति सम्बन्धी, बाल रोग लगायतको निःशुल्क परिक्षण गरिएको ट्रष्टका सदस्य समेत रहेका केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार धरानका सह प्रध्यापाक रामसोभित यादवले बताएका छन् ।

काठमाडौं, धरान र विराटनगरमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले शिविरमा आएका रोगीहरुको उपचार गरेको उनले बताए । फिजिसियन डा राम उदगार यादव, आरके शर्मा, अर्थोपेडिक्स डा गम्भीरा प्रसाद कुश्वाहा, रेडियोलोजिष्ट डा मनोज कुमार चौधरी, गाईनो डा अनिता यादव, ल्याब टेक्निसियन डा विपिन साह र फर्मासिष्ट डा कृष्ण श्रेष्ठ उपचारमा सहभागी भएको सदस्य यादवले बताएका छन् ।
निःशुल्क शिविरमा एक हजार दुई सय २३ जनाले उपचार गएको ट्रष्टका सदस्य यादवले बताए । निःशुल्क शिविरमा निःशुल्क भिडियो एक्सरे, निःशुल्क औषधी पनि वितरण गरिएको उनले बताए ।

शिविरको मधेश प्रदेशका सांसद रामबाबु यादवले उद्घाटन गरेका थिए । शिविर उद्घाटनमा संविधानसभाका सभासद मो.मुक्तार अहमद, कल्याणपुर नगरपालिका–१२ वडा अध्यक्ष दिलिप कुमार यादव लगायत विभिन्न राजनितिक दलका प्रतिनिधी, स्थानीय बुद्धिजिवी, समासेवी, शिक्षक, कर्मचारीहरुको समेत सहभागी भएका थिए । कार्यक्रमको अध्यक्षता ट्रष्टका अध्यक्ष कुशेश्वर यादवले गरेका थिए । भने कार्यक्रम संचालन ट्रष्टका सदस्य समेत रहेका केन्द्रिय प्रविधि क्याम्पस हात्तीसार धरानका सह प्रध्यापाक रामसोभित यादवले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!