सिरहा । सिरहाको प्रादेशिक अस्पतालको मुहार फेरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. प्रमोद कुमार यादवले बताए छन् ।

मन्त्रालयको टोलीलाई नेतृत्व गर्दै प्रादेशिक अस्पताल सिरहाको स्थलगत अनुगमन गर्दै उनले भने,‘जिल्ला अस्पतालको रुपमा रहेको अवस्थामा धेरै गुनासो आउने अवस्था प्रदेश मातहत आएसँगै सुधार भएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश र प्रदेशका विभागले गरेको निर्देशन अनुसार काम गर्दै अघि बढेको हुनाले अस्पतालको मुहार फेरिएको सचिव यादवले दाबी गरेका छन् । ओपिडि सेवा, स्वास्थ्य जाँच प्रयोगशाला, विभिन्न प्रकारका अप्रेशन सेवा, डायलासिस सेवा लगायतका अन्य सेवाहरु प्रादेशिक अस्पताल सिरहाले राम्रोसँग संचालन गर्दै आएको भन्दै सचिव यादवले सेवा प्रवाह र विस्तार गर्दै प्रादेशिक अस्पताल सिरहाले ब्लड बैंक संचालन गर्न लागेको बताएका छन् ।

प्रादेशिक अस्पतालको रुपमा प्रभावकारी सेवा दिँदै अघि बढेको हुनाले स्तरोन्नति गर्दै १५० बेड बनाउने निर्णय भइसकेको उनले प्रष्ट पारेका छन् । स्तरोन्नति अन्तर्गत कर्मचारी व्यवस्थापनको काम भइरहेको भन्दै सचिव यादवले स्थानीय सरकारले प्रवद्र्धनात्मक भुमिका निर्वाह गरेपछि प्रादेशिक अस्पताललाई उपचारात्मक भुमिका निर्वाह गर्न अझ सहज हुने बताएका छन् ।
स्वास्थ्य जाँच प्रयोगशाला, पिसियार प्रयोगशालासँगै अन्य जाँचका प्रयोगशाला व्यस्थित गर्दै अघि बढेको कुरा राम्रो पक्ष भएको प्रदेश जन स्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक श्रवण कुमार मिश्रले बताए । प्रादेशिक अस्पतालहरुले के कस्तो गरिरहेको छ भन्ने कुरालाई जाँच नियमित रुपमा अनुगमन गर्ने गरिएको उनले बताए ।

मन्त्रालय, विभाग र विभिन्न समयमा हुने अनुगमन समितिको सुझाव नै अस्पतालको अवस्था सुधारको मुख्य आधार रहेको कुरालाई आत्सात गर्दै अघि बढ्दा प्रादेशिक अस्पताल सिरहाले राम्रो स्थान हासिल गर्न सफल भएको प्रमुख डा.नागेन्द्र प्रसाद यादवले बताए । आउने दिनमा पनि सोही कुरालाई अंगाल्दै अघि बढ्नुपर्ने डा यादवले बताए ।
उक्त अनुगमन टोलीमा अशोक सिंह, डाक्टर अभिनाश पूर्व, ई. विकाश शाह, मनिष यादव, सुमित यादव, अमित मुखिया रहेको थियो । थप सेवा प्रवाह र अस्पतालको भौतिक विकासमा सरोकारवाला निकायसँग समन्वयकारी भुमिकालाई प्रभावकारी बनाउन अनुगमनकर्ताहरुले अस्पताल संचालन तथा व्यवस्थापन समितिसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!