कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज (बुधबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची भएको प्रदेश सभा बैठक अहिले बसिरहेको छ।

बैठकमा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू सत्ता पक्षको लहरमा बसेका छन्।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य विपक्षीको लहरमा बसेका छन्।

एमालेका ३९ जना सांसदको समर्थनका कांग्रेसका कार्की मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका ७ जना सांसदले पनि समर्थन गरेका थिए

कार्कीलाई एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मत दिन बताएका छन्। राप्रपा भने विपक्षमा बस्ने  भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!