काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने छ ।

खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले बताए । उनले खेलको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!