धनगढी । नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन कमिटिको कार्यालयले सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

नेताहरूले सहमतिकै आधारमा अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए । तर पनि अध्यक्षमा जैशी र अछामका भरत साउदको उम्मेदवारी कायम छ ।

साउदसँग पनि संवाद जारी रहेको नेताहरुले बताएका छन् । साउदलाई नेता भीम रावलले समर्थन जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!