सिरहा । सिरहा नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागी जनप्रतिनिधि लगायत सरोकारवालासँग पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सिरहा नगरपालिकाको समन्वय तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल मधेश प्रदेश र प्रेरणा पुर्नस्थापना केन्द्र सर्लाहीको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेश परियोजना अधिकृत मधु गुप्ताले स्वास्थ्य समन्धि पुनर्स्थापना को बारेमा र प्रकास नेपालीले अपाङ्गताको परिभाषा, अवस्था, अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा, समन्वय समितिको काम, कर्तव्य र अधिकारको बारेमा सहभागीहरूलाई जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादव, उपमेयर वविता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, स्वास्थ्य शाखा प्रमुख मो. इद्रिश राइन, महिला शाखा प्रमुख जविन थापा, विभिन्न शाखाका प्रमुख, अपाङ्गता भएका व्यक्ति, प्रहरी लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!