
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रहरी प्रशासनलाई संघको मातहतमा राखेर संघीयता बलियो नहुने बताएका हुन् । उनले प्रदेश मातहतमा प्रहरी प्रशासन नदिएर संघीयता बदनाम भएको भन्दै संघीयतालाई बलियो बनाउन प्रदेशलाई प्रहरी दिनुपर्ने बताए । उनले संघीयतालाई मजबुत बनाउने काम सरकारको भएको पनि बताए ।

सांसद यादवले केही तत्त्वहरूले ग्राण्ड डिजाइनमा प्रदेश खारेजीको जुलुस निकालिरहेको उल्लेख गर्दै संघीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा नआएको बताए ।