
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीको अवस्थाप्रति चासो व्यक्त गरेका छन् ।
शनिबार प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच भीडन्त भएपछि त्यहाँ रहेका नेपालीको अवस्थाप्रति मन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन् ।

श्रेष्ठले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन् ।
गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठले उनीहरु र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।