राजविराज —  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले गलत सम्झौताका कारण नेपालको पानी नेपाली जनताभन्दा भारतीयले बढी उपयोग गरिरहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको समाजवादी जागरण अभियानअन्तर्गत सोमबार साँझ सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा खनालले गलत सम्झौताका कारण कोशी नहरको पानी भारतीयका लागि बढी उपयोगी भएको बताए ।

‘ठूलो नहर बनाएर कोशीको पानी भारत लगिँदैछ,’ नेता खनालले भने, ‘कोशी नहर छेउछाउको नेपाली खेतमा सिंचाइ नहुने तर भारत लगेर त्यही नहरको पानी किसानले सिंचाइ गर्छन्, यो गलत सम्झौताका कारणले हो ।’ सेवा दिन नसक्ने सरकारको कुनै काम नरहेको बताउँदै खनालले अहिलेको संसद्‍मा कुनै दलको स्पष्ट बहुमत नहुँदा सरकार पनि त्यस्तै बनेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!