
सिरहा । रेविज रोग विरुद्ध साप्ताहिक कार्यक्रमको शुभारम्भ गरिएको छ ।
सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले विहिवार एक समारोहवीच कार्यक्रमको शुभारम्भ गरेको छ । सिरहा नगरपालिकाको पशु विकास शाखाले आयोजना गरेको रेविज दिवस एक हप्ते मनाउने कार्यक्रमको उद्घाटन गर्दै मेयर डा यादवले सिरहा नगरक्षेत्रभित्र रेविज रोगवाट जोगाउन विशेष जोड दिने बताएका छन् ।
नगरक्षेत्रको २२ वटै वडामा रेविज रोगविरुद्धको विशेष अभियान सुरु भएको भन्दै मेयर डा यादवले भुस्याहा कुकुरदेखि साबधान रह्दै रोगवाट जोगिन पनि आग्रह गरेका छन् । शुभारम्भ कार्यक्रममा उपमेयर वविता कुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो ।