
सिरहा । सिरहाको माडरबाट काठमाडौं चल्ने एक रात्री बसका कन्टेक्टरले गाडीमा सवार एक युवती यात्रुलाई दुव्र्यवहार गरेको छ ।
सिरहाको माडरबाट काठमाडौ चल्ने गोल्डेन एन्जल रात्रीबसका कन्टेकटरले आफ्नै गाडीमा सवार एक यूवती यात्रुलाई बसमै दुव्र्यवहार गरिएको आफन्तजनको आरोप छ । घटना गत शुक्रबारको हो । सिरहाको मिर्चैयाबाट काठमाडौ जादै गरेको एक युवती यात्रुलाई बसको कन्टेक्टरले दुव्र्यवहार गरेको आरोप छ ।
घटनालाई लिएर प्रहरीले विहिवार साँझ सिरहाको माडरबाट काठमाडौं जादै गरेको बसलाई मिर्चैयामा रोकेर कन्टेक्टको खोजबिन गरेको थियो । बसमा दुरव्र्यवहार गर्ने कन्टेक्टर नहुँदा अर्को दिन कन्टेक्टरलाई उपस्थित गराउने शर्तमा बस चालकको जमानतमा छोडिएको थियो ।