काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमका लागि पारदर्शी ढंगले जहाज किन्ने बताएका छन् ।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले जहाज किन्दा कुनै भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाए

‘हामीले बजारमा व्यापक रुपमा देखिएको विसंगतिमाथि हस्तक्षेप गर्ने उद्देश्यले, धेरै भन्दा धेरै पर्यटक ल्याउने उद्देश्यले जहाज खरिदको प्रक्रियामा अघि बढेका छौं । जसले जहाज खरिदको विषयमा पनि नकारात्मक ढंगले टिप्पणी गर्छ, तर हामी पारदर्शी ढंगले किन्नेछौँ । त्यहाँ कुनै भ्रष्टाचारको भ जोडिने छैन’, उनले भने ।

समुद्रसँग नजोडिएको देशको पर्यटनका निम्ति जहाज नै महत्वपूर्ण मेरुदण्ड हुने मन्त्री किरातीले बताए । उनले नेपाली आकाशलाई कालोसूचीबाट हटाएर पर्यटकको विश्वसनीय गन्तव्य बनाउने पनि बताएका छन् ।

‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदमहरु हामीले उठाइसकेका छाँै । हामी छिटै परिणाममा पुग्नेछौं । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोशिस गरिरहेका छौं’ उनले भने ।

मन्त्री किरातीले पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजाने बताए । ‘हुनत त्यहाँभित्र खुम्लेकिराहरु छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवद्र्धनको निम्ति अघि बढ्नेछौँ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!