सिरहा । सिरहाको मिर्चैयामा एक महिलामाथि जवरजस्ती करणीको प्रयासमा प्रहरीमा जाहेरी परेको छ । मिर्चैया नगरपालिका–१२ भरही–टिकुलियाका करिव ३५ वर्षीय रामदेव दासविरुद्ध जवरजस्ती करणी उद्योगमा ईलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दिएको हो ।

पीडित महिलाले आफूमाथि गत शनिवार राती नहरबाट खेतमा पानी पटाउन गएको समयमा दासले गलत व्यवहार गरेको उल्लेख गरेकी छिन् । ‘म एकजना महिला र दास नहरको पानी खेतमा लाउन गएको थिएँ । पानी पनि उनैले खेततर्फ डोर्याईदिए,’ उनले भनिन,’ उनले भनिन,’ उनले भनिन,‘फर्कने बेलामा दासले आफूसँग अश्लिल व्यवहार गर्यो ।’
घटनाको विषयमा जाहेरी दिन प्रहरी कार्यालय पुग्दापनि प्रहरीले आलटाल गरेको पीडित महिलाको आरोप रहेको छ । यता घटना मिलाउन गाउँमा र ईलाका प्रहरी कार्यालयमा समेत छलफल भएको स्थानीयले जनाएका छन् । ‘गाउँमा र प्रहरी थानामा पनि घटना मिलाउने विषयमा छलफल भएको छ,’उनले भनिन,‘प्रहरीले उजुरी लिएपनि अझै दर्ता गरेको छैन् ।’

प्रहरीले दुरव्र्यवहार गर्ने दास र महिलालाई राखेर सोधपुछ गरेर छोडी दिएको छ । यस्तो संवेदनशील विषयमा पनि पीडकलाई सोधपुछ गरेर छोड्नुले प्रहरीको जवाफदेहीतामाथि प्रश्न उब्जिएको नाम नवताउने घटनालाई नजिकबाट नियालिरहेका एक जना स्थानीयले बताएका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र वस्नेतले दास विरुद्ध उजुरी परेको जानकारी दिएका छन् । ‘दास विरुद्ध जाहेरी परेको छ,’डीएसपी वस्नेतले भने,‘हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं । हामी यसलाई प्रकृयामा लैजान्छौं ।’
घटना मिलाउने विषयमा प्रहरी चौकीमा कुनै प्रकारको छलफल नभएको डीएसपी वस्नेतले दावी गरेका छन् । ‘उजुरी लगतै हामीले छानविन प्रकृया अगाडी थालिसकेका छौं,’ डिएपी वस्नेतले भने,‘यहाँ कुनै प्रकारको छलफल पञ्चायत भएको छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!