काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जनकपुरधाम आउँदैछन्।
राष्ट्रपति भएपछि उनी पहिलो पटक जनकपुरधाम आउन लागेका हुन्।
राष्ट्रपति पौडेलले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ। यसका लागि जानकी मन्दिरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरिएको छ।
पूजापश्चात् राष्ट्रपति पौडेललाई जनकपुरधामवासीले नागरिक अभिनन्दन गर्ने कार्यक्रम राखिएको छ।
नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि जन्मसिद्धका सन्तानले वंशजको आधारमा नागरिकता पाउन थालेकाले अभिनन्दन गरिने भएकाे हाे।
यसअघि उनको जनकपुरधाम आउने तय भएपनि पछि स्थगित भएको थियो।