सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थियो । तर, सहमतिमा राहत शिक्षकले असहमति जनाउँदै आन्दोलन जारी राखेका छन् । सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

उनीहरूले शनिबार पनि माइतीमा विरोध प्रदर्शन गरिरहेका छन् । शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन जारी राखेका हुन्

माइतीघरमा सभा गरी उनीहरूले बानेश्वरसम्म र्‍याली गर्ने तयारी गरेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । संयुक्त आन्दोलन गरे पनि राहत शिक्षकलाई जबरजस्ती पेलेको आरोप लगाएका छन् ।

आइतबारबाट थप सशक्त कार्यक्रम तय गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!