
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रदेश र मन्त्रीहरुको संख्या घटाउन अभियान चलाउन ढिलाइ भइसकेको बताएका छन्।
उनले भने, ‘यतिधेरै प्रदेश बनाएका छौं। यति धेरै मन्त्री बनाएका छौं। कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउने पैसा छैन। अब हामीले प्रदेशको संख्या घटाऔं, सांसदको संख्या घटाऔं भनेर अभियान चलाउनुपर्छ समानुपतिकमा विज्ञहरुलाई नै माथिल्लो सदनमा लैजाऔं त्यहीबाट मन्त्री बनाऔं भनेर अभियान चलाउन आवश्यक छ।’
