सिरहा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहको नामी कार्यालयमा करारमा कार्यरत अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार आयोगले अमिन यादवले जग्गा धनीपूर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले अमिन यादवलाई जग्गा धनीपूर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिएको अवस्थामा भदौ ५ गते नियन्त्रणमा लिएको थियो ।  यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाणपूर्जासमेत बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए । आयोगले अदालत समक्ष आरोपी यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगो जरिमाना गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!