६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले  जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ‘ब्रेक सू’मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।

राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!