काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ ।

अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा बनाइएको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच बिहान ११ बजेदेखि मन्त्रालयमा वार्ता भएको हो । हेटौंडामा सहकर्मी कुटिएको विरोधमा चिकित्सकहरूले देशभर आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई तत्काल सम्बोधन गर्न मन्त्रीस्तरको शुक्रबारको निर्णयले वार्ता टोली गठन गरिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

नेपाल चिकित्सक संघका प्रतिनिधिसँग विवाद समाधानको पहल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय