प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । बिहीवार पशुपति आर्यघाटमा प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओडाएका हुन् ।

यस्तै नेपाली सेनाको टुकडीले सलामी दिएको छ ।

सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । पूर्वसभामुख नेम्वाङको सोमवार राति २ बजे निधन भएको थियो । नेम्वाङको निधनमा शोक मनाउन सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय