sf7df8f}F, @* kmfu’g M dxfdGqL yfkf k|ltlglw;efsf ;f+;b tyf g]kfnL sf+u|];sf dxfdGqL uugs’df/ yfkf cgfdgu/df cfOtaf/ g]kfn cfly{s kqsf/ ;dfh – ;]hg_ n] cfof]hgf u/]sf] …jt{dfg ;/sf/sf] casf] cfly{s k|fyldstfÚ ljifos cGt/lqmof sfo{qmddf dGtJo /fVg’x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानसभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् ।

मंगलबार दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले संविधान सभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताको कारण नै संविधान सभाबाट संविधान बन्न सकेको बताएका हुन् ।

उनले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बताए । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उनले उल्लेख गरे । उनले ०६२/०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग संवाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रुपमा स्थापित भएको बताए ।

महामन्त्री थापाले नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय