काठमाडौं। लामो समयदेखि अवरुद्ध बन्दै आएको बागमती प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि सूचारु भएको छ ।

सत्तापक्ष र प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाबीच सहमति जुटेपछि आजबाट सदनको अवरोध हटेको हो ।

गत असार २१ गते आर्थिक वर्ष २०८०-०८१ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । २ महिनापछि गत भदौ १८ गते बोलाइएको बैठक पटक पटक स्थगित भएपछि आज सभामुखले सर्वदलीय बैठक बोलाएका थिए ।

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठकमा यसअघि प्रतिपक्षी दलसँग सरकारले गरेको सहमतिको अक्षरंश पालना गर्ने सहमति भएपछि प्रतिपक्षी दलहरु सदनको अवरोध हटाउन सहमत भएका थिए ।

दुबै पक्षबीच सहमति भएपछि सदनको बैठक सुरु भएको छ । आजको बैठकमा ४ वटा विधेयक प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय