नेपाल स्वास्थ्य सेवा ऐन २०५३को दफा १२ बमोजिम स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य सेवामा प्रवेश पाउन ४५ वर्षसम्मको उमेर हद तोकिए पनि मधेश प्रदेश सरकारको प्रदेश निजामती सेवा ऐनको २०७७ को दाफा १६ मा ४० वर्ष मात्रै तोकिएकाले त्यसलाई सुधार गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
नेपालको संविधान २०७२ मा संघीय कानुन र प्रदेशको कानुन बाझिएको खण्डमा संघीय कानुन मान्य हुने संवैधानिक व्यवस्था रहेकाले प्रदेश सरकारले उक्त ऐनलाई संशाेधन गर्नुपर्ने चिकित्सकहरूको माग छ ।

प्रदेश सरकारले उक्त ऐन संशाेधन नगरेको खण्डमा मधेशका अधिकांश चिकित्सकहरूको भविष्यमाथि खेलवाड हुने डा. निराजन कुमार गोइतले बताए ।



