सिरहा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्वमन्त्री लीलानाथ श्रेष्ठले सिरहा पुस्तकालयको विकासमा सवै जुट्नु पर्ने बताएका छन् ।
अन्तर मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगितालाई सम्वोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले देशको दोस्रो जेठो विद्यालय झैं जेठो पुस्तकालय भएकोले समय अनुसार आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । प्रविधिको प्रयोग बढ्दै गईरहेको समयमा पुस्तकालयको महत्वलाई झन् वढेकोले समय अनुसार आधुनिकीकरण गर्नुपर्ने पूर्वमन्त्री श्रेष्ठले बताएका छन् । ‘२१औं शताब्दीमा संसार परिवर्तन भएको छ,’उनले भने,‘हामी पनि परिवर्तन हुनुपर्छ र पुस्तकालयलाई पनि परिवर्तन गर्नुपर्छ ।’

पुस्तकालयमा आएर पढ्नेको संख्या अत्यन्त न्यून हुँदै गएको समयमा सिरहा पुस्तकालयले समुदायलाई जोड्ने गरी अभियान, विद्यालयका बालबालिकालाई जोड्ने गरी विद्यालयमा पहुँच बढाउन उनले जोड दिएका छन् । डिजिटल प्रविधिमा स्तोरोन्नती गर्दै बालबालिकालाई जोड्नु पर्ने र आफूले पनि सक्दो सहयोग गर्ने सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वमन्त्री श्रेष्ठले बताए ।

उत्कृष्टलाई शैक्षिक सामग्री वितरण
यसैवीच अन्तर मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगितामा चार वटा स्थानीय तहवाट १० वटा विद्यालयका १८ जना छात्रछात्राको सहभागिता रहेको थियो । सहभागिमध्ये क्रमशः एभरग्रीण एकेडमीका कक्षा १० का अभिषेक अधिकारी (प्रथम), बाल संसार ई. बो. स्कूल कक्षा १० की सन्ध्या यादव (दोस्रो), माउन्ट एभरेष्ट ई. बों स्कूलका कक्षा १० की सिखा यादव (तेस्रो), बाल संसार ई. बो. स्कूल कक्षा १० की सलिना श्रेष्ठ (चौथों) र माउन्ट एभरेष्ट ईं. बो. स्कूल कक्षा १० का सावन झा (पाँचौं) स्थान प्राप्त गरेका छन् ।
१६औं पुस्तकालय दिवसको सन्दर्भमा सिरहा पुस्तकालयले घोषणा गरेको एक महिने कार्यक्रम अन्र्तगत आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । वि.सं. १९७२ मा मुठिदान कार्यक्रम स्थापना भएको सिरहा पुस्तकालय औपचारिक रुपमा २०१२ सालदेखि आफ्नै भवनमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!