
सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) सिरहा आउदैछ । नेपाली काँग्रेसका नेता एवं बौद्धिक व्यक्तिका रुपमा स्थापित भएका स्वर्गीय स्वर्गीय प्रदिप गिरीको पूर्णकदको प्रतिमा अनावरण गर्न प्रधानमन्त्री प्रचण्ड सिरहा आउन लागेको हो ।
सिरहाको लहान नगरपालिका वडा नं १४ स्थित प्रदीप गिरीको आश्रममा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा स्वर्गीय प्रदीप गिरिको प्रथम बार्षिकोत्सव समारोहमा गिरिको पुर्ण कदको प्रतिमा अनावरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी भईसकेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरवाट बस्तीपुर माविको परिसरमा अवतरण गरी आश्रम पुग्ने तालिका रहेको छ । प्रधानमन्त्री आउने भएपछि सिरहाका सुरुक्षा निकायद्वारा स्थलगत निरीक्षण गरिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरुसँगै विभिन्न राजनीतिक दलका व्यक्तिहरुको सहभागिता रह्ने नेपाली काँग्रेस लहान नगर समितिले जनाएको छ ।

लहान नगरपालिका वडा नम्बर १४ को खुट्टी खोलाको छेउमा गिरी २०४६ सालपछि बस्दै आएको र सोही ठाउँलाई उनले आश्रमको रुपमा विकास गरेका थिए । नेता गिरी समाजवादी चिन्तकका रुपमा विश्व राजनीतिमा चिनिदै आएका छन् । स्वर्गीय नेता गिरीको पूर्णकदको प्रतिमा अनावरणको सम्पूर्ण तयारी भईसकेको लहान नगरपालिकाका मेयर महेश चौधरीले बताएका छन् । कार्यक्रम स्थल व्यवस्थित गर्ने, सुरक्षा व्यवस्थापन गर्ने जस्ता सम्पूर्ण तयारी भईसकेको मेयर चौधरीले बताए ।