काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले महान्यायाधिवक्तालाई न्यायधीश बनाएर न्याय प्रणाली थप विकृत बनाउन खोजिएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गरेका छन् ।

हरेक महान्यायाधिवक्तालाई राजनीतिक दलको कार्यकर्ता हुने गरेको उल्लेख गर्दै उनले त्यस्तो व्यक्तिलाई न्यायाधीश बनाउन नहुने बताए । यस सम्बन्धमा के भइरहेको छ भन्दै उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई प्रश्न गरे ।

‘म सोध्न चाहन्छु-हरेक महान्यायधिवक्ता दलको झोले जो हुन्छ, त्यसैलाई बनाइन्छ । र सर्वोच्च अदालतको न्यायाधीशमा त्यसैलाई नियुक्त गरिन्छ, किन ? ’ सांसद सिंहको प्रश्न छ ।

न्यायपालिकालाई न्याय पालिका नै रहन दिनका लागि आसेपासेलाई न्यायाधीश बनाउन राजनीतिक दल र तिनका नेतृत्वलाई हातमा दिन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!