सिरहा । भगवान श्रीकृष्णाको जन्मको अवसरमा सिरहा सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । द्वापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । यस वर्ष पनि सिरहाको विभिन्न कृष्णमन्दिरसँगै गाउँदेखि बजार क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सदरमुकाम सिरहाको रामजानकी मन्दिर, पंचमुखी हनुमानजी मन्दिर, कठकोलवाको राधाकृष्ण मन्दिर लगायतका कृष्णा मन्दिरलाई सजाईएको छ ।

यस्तै सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चौक चोहर्वा बजारमा कृष्ण जन्माष्टमी मेलाको अवसरमा आयोजना गरिएको मटकाफोर कार्यक्रम सम्पन्न भएको छ । मटकाफोर कार्यक्रममा पुर्व–कानुन मन्त्री लिलानाथ श्रेष्ठले अत्याचार गर्ने आफ्नै मामा कंशलाई अन्त्य गर्नका लागि भगवान श्रीकृष्णको जन्म भएको उल्लेख गरेका थिए । ‘आज त्यहीको उपलक्ष्यमा चोहर्वाबासीले कृष्णको जन्मदिन मनाएकोमा भन्दै पूर्वमन्त्री श्रेष्ठले चोहर्वा चौकमा एक दशकवढीदेखि मेला आयोजना भईरहेको र बजार कसरी व्यवस्थितमा स्थानीयदेखि पालिकासम्मले विशेष ध्यान दिन जोड दिएका छन् ।
गोलबजार नगरपालिकाका नगर प्रमुख तथा बिशिष्ट अथिती श्याम कुमार श्रेष्ठले चोहर्वा बजारमा लाग्दै आएको मेला र बजारलाई ब्यवस्था गर्नका लागि जेजती सहयोग गर्नुपर्छ आफूले गर्ने प्रतिबद्धता जनाएका छन् । मटकाफोर कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटि सद्स्य श्रवण बरबरिया, प्रदेश साँसद मनोज कुमार सिंह, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सद्स्य रामचन्द्र महतो लगायतले मन्तवय राखेका थिए ।

विजेतालाई पुरस्कार
यसैवीच मटकाफोर कार्यक्रममा गोलबजार नगरपालिका वडा नं. ८ भाइजीटोलले ४८ सकेन्डमा मटकाफोरेर पहिलो विजेता सफल भएको थियो । दोस्रो बिजेता गोलबजार नगरपालिका वडा नं. १० धर्मपुर राधा कृष्ण टिम ५९ सकेन्डमा मटकाफोरन सफल भएका थिए । तेस्रो गोलबजार नगरपालिका वडा नं. ७ दशैमहाजन टोलका टिम १ मिनेट ९ सकेन्डमा मटकाफोरन सफल भएका थिए ।
पहिलो हुने टिम लाई २५ हजार नगद सहित शिल्ड, दोस्रो हुनेलाई १५ हजार नगद, शिल्ड र तेस्रो हुनेलाई ११ हजार नगद सहित शिल्ड प्रदान गरिएको मेला समितिका अध्यक्ष बिरेन्द्र सिंह (बैजु) ले जानकारी दिए ।
विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व कृष्णा जन्माष्टमी रहेको छ । त्यस अबसरमा चोहर्वा बजार बिकास समिती तथा मेला समितीले मटकाफोर कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम लाई पूर्व मन्त्री श्रेष्ठले मटकाफोरेर उद्घाटन गरेका थिए ।

कृष्ण जन्मष्टमीको उपलक्ष्यमा कलश यात्रा
गोलबजार नगरपालिका नं. ८ पुरानो चौक चोहर्वा बजारमा कृष्ण जन्मष्टमीको उपलक्ष्यमा कलश यात्रा निकालिएका छ्न । चोहर्वा बजार बाट निकलिएको कलश यात्रा गोलबजरको मैनाबतीमा गएर कलश भरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!