काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर सार्वजनिक विदा दिन सकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गौरा पर्वको दिन तोकेर सल्लाह गरेर आए प्रधानमन्त्रीसँग सार्वजनिक विदा दिन आग्रह गर्ने बताएका हुन् ।

उनले गौरा पर्वको दिन बिदा दिनका लागि तिथि भन्दा पनि दिन तोकेर बिदा दिनुपर्ने बताउनु भयो । उहाँले गौरा पर्व नेपालमा सुदूरपश्चिमबाट, कर्णालीका साथै उत्तराखण्डको केही भागमा मनाउने गरिएको बताउनु भयो ।

‘देशभर नै देउडा पर्व पपुलर भएको छ । राष्ट्रिय बिदाको कुरा छ, यसको सम्बन्धमा के अफ्ठ्यारो छ भने कुन दिनलाई गौरा मान्ने ? कुन गतेलाई गौरा पर्व मान्ने ? तिथिमा हुन्छ, कुन दिनलाई गौरा मान्ने भन्ने तपाईहरु छलफल गर्नुहोस्, मिलाउनुहोस्, त्यही दिन प्रधानमन्त्रीले बिदा घोषणा गर्नुहुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय